Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
    २०८ पटक
    एजेन्सी । 

    कोरोना भाइरसका कारण विभिन्न व्यवसायमा समस्या निम्तिन थालेको छ । हाम्रो छिमेकी देश भारतमा एउटा आश्चर्यजनक खबर सार्वजनिक भएको छ ।

    कोरोना भाइरसको डरले कुखुरा व्यवसायीले आफ्ना कुखुरा गाडीमा राखेर जंगलमा छाडेका छन् । भाइरसबाट बच्नका लागि व्यवसायीले यस्तो कदम चालेका हुन् । उनले कुखुराबाट भाइरस सर्ने र पालेर राख्दा घाटा खानुपर्ने भएकाले जंगलमा छाडिएको बताएका छन् ।
    झारखण्डका किसानले यस्तो गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानले झण्डै एक हजार कुखुरा जंगलमा छाडेका थिए । जानकारी प्राप्त गरेपछि गाउँले जंगलमा पुगे । गाउँलेले धेरै कुखुरा समातेर आआफ्नो घरमा ल्याएका छन् ।

    झारखण्डको रामगढ र हजारीबागको सीमा क्षेत्रमा पर्ने बढकागाउँ नजिकैको जंगलमा व्यवसायीले कुखुरा लगेर छाडेका थिए ।

    जिल्ला प्रशासन कार्यालयले दुई हप्तादेखि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि स्थानीयले मासु खान छाडेका थिए । त्यसको प्रत्यक्ष असर कुखुरा व्यवसायीमा पर्यो ।

    स्थानीयले हवाइजहाज र रेलमार्गबाट यात्रा गर्न पनि छाडिसकेका छन् । कुखुरा र खसीको मासु बेच्नेहरुका लागि पनि कोरोना भाइरसको संक्रमण समस्या बनेर आएको छ ।

    व्यवसायीले नोक्सानी उठाइरहेका छन् । त्यसैका कारण व्यवसायीले कुखुरा जिउँदै जंगलमा छाड्न बाध्य भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्