Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
    १८१ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्जमा आजबाट (मंगलबार) प्रभू पे क्यान इन्फोटेक २०२० हुँदैछ । स्थानीय स्तरमा आविस्कार भएका प्रविधिहरुको प्रदर्शनी तथा प्रसार प्रसार गर्नको लागि इन्फोटेकको आयोजना गर्न लगिएको हो ।

    प्रभु पे क्यान इन्फोटेक २०२० को प्रदेश ५ का सभामुख पूर्ण बहादुरले घर्तीले एक समारोहका बिच उद्घाटन गर्ने कार्यतालिका रहेको क्यान महासंघ बाँके शाखाका अध्यक्ष रमणी प्रसाद शर्माले जानकारी दिए ।

    उनले पूर्व तयारीका सम्पूर्ण कामहरु सकिएको भन्दै उद्घाटन समारोह भव्य हुने बताए । ‘उद्घाटन कार्यक्रममा निकै भव्य र नयाँ खालको हुँनेछ’ उनले भने, ‘प्रविधि मैत्री आजको पुस्ताको परिकल्पना र लुकेर रहेका प्रतिभाहरुको खोजी गर्नको लागि इन्फोटेकको आयोजना गरेका हौं ।’

    क्यान महासंघ बाँके शाखाका अनुुसार क्यान इन्फोटेक २०२० मा ९० वटा स्टल राखिनेछ । नेपालगञ्ज धम्बोझी चोक नजिक रहेको सिद्धार्थ कटेजमा आयोजना हुने क्यान इन्फोटेक २०२० मा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुको सहभागिता रहनेछ ।

    विद्यार्थी, बैंक तथा वित्तीय संस्था तथा आविस्कारहरुको उपस्थिति तथा प्रविधि प्रदर्शनी हुने समेत क्यान इन्फोटेक २०२० मा हुनेछ ।

    प्रतिकृया दिनुहोस्