Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
    ८०४ पटक
    काठमाडौं ।

    महाशिवरात्रिको दिन शिवबुटी (भाङ) खाएर रमाइलो गर्ने क्रममा केटासाथीसँग चुम्बन गरेको भिडियो फेसबुकबाट बाहिरिएपछि एक युवतीले प्रहरीलाई खबर गरिन् ।

    प्रहरीले निकै मेहनतका साथ शनिबार साँझ त्यस्ताे कार्यमा संलग्न तीन जनालाई पक्राउ गर्यो ।

    महानगरीय प्रहरी वृत्त जगतेका प्रमुख चक्रप्रसाद जोशीका अनुसार सहमतिमा खिचेको भिडियो बाहिरिएपछि युवतीले चरित्र हत्या गरेको भन्दै माैखिक खबर गरकी थिइन् ।

    भिडियो बनाउने कार्यमा युवतीको सहमति भएकोले भिडियो निर्माणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा समेत उजुरी दिन नआएको प्रहरीको भनाइ छ ।

    तर पछि ती युवतीले भिडियो हटाइएकाले पक्राउ परेकालाई छोड्न आग्रह गरेकी थिइन् । आजको गोरखापत्रमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस्