Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/८ गते
    ४०८ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।

    कोहलपुर नगरपालिका १२ भरैया नजिकबाट बिहीबार दिउँसो १२ किलो लागुऔषध चरेशसहित एक युवक पक्राउ परेका हुन् ।

    ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १२ किलो चरेशसहित उनीलाई पक्राउ गरेको हो ।

    ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर नगरपालिका १२ बस्ने ३२ वर्षिय आकाश आरसीलाई पक्राउ गर्न सफल भएको थियो ।

    उनीलाई आवश्यक कारबाहीका लागि ब्यूरोले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको छ ।

    प्रतिकृया दिनुहोस्