Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/७ गते
    १९० पटक
    कोहलपुर ।

    लगातार तीन पटक अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जित्दै गोर्खा यूनाइटेड स्कुल कोहलपुरले ह्याट्रिक गरेको छ ।

    बाँकेको कोहलपुरमा आयोजित अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तेस्रो संस्करणमा समेत गोर्खाले उपाधी जित्दै ह्याट्रिक गरेको हो ।

    यसअघि सम्पन्न मेयर कपका पहिलो र दोस्रो संस्करणमा समेत गोर्खा यूनाइटेडले उपाधी उचालेको थियो । २०७४, २०७५ र २०७६ सालमा भएका कोहलपुर मेयर कप खेलकुद प्रतियोगिताको उपाधी लगातार गोर्खाले जितेर ह्याट्रिक गरेको हो ।

    मेयर कपको पहिलो संस्करणमा गोर्खाले ९ स्वर्ण, २ रजत र ४ काष्य ल्याउँदै उपाधी जितेको थियो भने दोस्रो संस्करणमा १० स्वर्ण, २ रजत र ४ काष्य ल्यायो । मंगलबार सम्पन्न मेयर कपको तेस्रो संस्करणमा गोर्खाले १४ स्वर्ण, ५ रजत र २ काष्य प्राप्त गर्दै तेस्रो पटक पनि उपाधि जित्न सफल भएको थियो ।

    गोर्खाले छात्रातर्फ एक सय, दुई सय, चार सय, आठ सय दौड, चार गुणा एक सय, चार गुणा चार सय रिले दौड, लङ्गजम्प, हाइजम्प र भलिवलमा स्वर्ण पदक जितेको थियो । छात्रतर्फ आठ सय, एक हजार पाँच सय मिटर दौड, चार गुणा एक सय, चार गुणा चार सय रिले दौड र लङ्गजम्पमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

    मेयर कपको तेस्रो संस्करणमा त्रिभुवन माध्यामिक विद्यालय उप विजेता बन्न सफल भएको थियो । उसले ७ स्वर्ण, ४ रजत र ६ काष्य पदक जितेको हो ।

    २ स्वर्ण ल्याउँदै तेस्रो लक्ष्मी माध्यामिक विद्यालय बर्दहवा तेस्रो हुन सफल भयो । लगातार तीन पटकसम्म मेयर कपको उपाधी जित्दै ह्याट्रिक गरेको गोर्खाले नगद ३८ हजार २ सय ५० रुपैयाँ, शिल्डको साथै विजेता खेलाडीहरुले प्रमाणपत्र प्राप्त गरेका थिए ।

    गत फागुन २ गतेदेखि ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा मेयर कपको तेस्रो संस्करण शुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस्