Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/७ गते
    ८७ पटक
    कोहलपुर ।

    गोरखापत्र दैनिकको कोहलपुर संस्करणको औपचारिक प्रकाशन आजदेखि सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कोहलपुर संस्करणको औपचारिक प्रकाशन थालिएको गोरखापत्र संस्थान व्यवस्थापनले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गर्दै गोरखापत्र दैनिक र दी राइजिङ नेपालको प्रकाशन थालिएको हो । गोखापत्र दैनिकको यो दोस्रो संस्करण हो ।

    प्रकाशनको उपत्पयका बाहिर पहिलो संस्करण विराटनगरबाट संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि प्रकाशन सुरु भएको थियो । मुलुकको जेठो पत्रिका गोरखापत्र ११९ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको छ ।

    कोहपुर संस्करणाको शुभारम्भको अवसरमा बुधबार कोहलपुरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिदै छ ।

    प्रतिकृया दिनुहोस्