Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    १०२६ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा तिव्र गतिमा रहेको टिप्परले किच्दा एक जना गम्भिर घाइते भएका छन् ।

    आइतबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत दश विगाहा नजिक तिव्र गतिमा रहेको ना ७ ख ६०७ नम्बरको टिप्परले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

    टिप्परको ठक्करबाट कोहलपुर २ का साइकल यात्री ५० वर्षीय ददिराम योगी गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

    घाइते योगीको अवस्थामा गम्भिर रहेको उपचारमा सग्लन मेडिकल कलेज कोहलपुरका डाक्टरहरुले बताएका छन् ।

    ठक्कर दिने टिप्पर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्