Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    १३४ पटक
    नेपालगञ्ज ।

    वडा नम्बर ५ ले युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    शनिबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ५ नम्बर वडाले ८ नम्बर वडालाई ३ रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको ५ नम्बर वडाले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो ।

    जसमा कप्तानमा सुबेन्दु पाण्डेले सर्वाधिक ३४ रन, हसन खानले २२ रन र रितेश शाहले २१ रन जोडे । ८ नम्बरका दिनेश केवटले २ विकेट, अफक शेष र जानु कसगरले समान १ विकेट लिएका थिए ।

    जवाफमा ८ नम्बरले निर्धारित २० ओभर खेलेर १ सय ४७ रन मात्र बनाउन सक्यो । टोलीका लागि अनुपम सिहले सर्वाधिक ५१ रन बनाए ।

    अनुपमले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । फर्दि खानले २७ रन र अफाक शेखले २४ रन जोडेका थिए । ५ नम्बरका वलर हसन खाँनले २ विकेट, अनिमेश शाही र मेराज अन्सारीले समान १ विकेट लिएका थिए ।

    खेलमा ५ नम्बरका वलर हसन खान म्यान अफ द फाइनल र अनिमेश शाहीले म्याजिकल मुभमेन्टको पुरस्कार जिते । जितसँगै विजेता ५ नम्बरले २ लाख, उपविजेता ८ नम्बरले १ लाख रुपैया पुरस्कार, ट्रफी जितेको छ ।

    प्रतियोगितामा ५ नम्बरका कप्तान सुबेन्दु पाण्डेले म्यान अफ द सिरिज हुदै ५० हजार पाएका छन । त्यस्तै विधागत रुपमा सिद्धान्त राज शाही उत्कृष्ट ब्याटसम्यान, मेराज अन्सारी उत्कृष्ट वलर, विश्वास श्रेष्ठले राइजिङ प्लेयर, प्रताप शर्माले उत्कृष्ट फिल्डर, सर्वाधिक छक्का प्रहार गर्ने अनुपम सिहले जिते ।

    उत्कृष्ट वलर र ब्याटसम्यानले समान २० हजार प्राप्त गरे । अन्यले समान १० हजार पुरस्कार पाए । शनिबार विजेता खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशमसेर राणा, उपमेयर उमा थापा मगर लगायतका अतिथिले पुरस्कार वितरण गर्नु भएको थियो ।

    प्रतियोगिताको समापन अवसरमा आयोजक गु्रप अफ–१६ ले नेपालगन्जको पहिलो पुस्ताका खेलाडीलाई सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्