Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ३३४९ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयाबाट पिकनिक खान गएका एक व्यवसायी वेपत्ता भएका छन् । अगैया बजारको नजिकै रहेको रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएको थियो ।

    इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले पिकनिक खान गएको समुहका एक सदस्य हराएको भन्ने खबर आएको पुष्टी गरे ।

    ‘एकजना हराएको भन्ने खबर पाएलगत्तै खोजीका लागि सबै सुरक्षा निकायहरु परिचालन भएका छन्’ उनले भने, ‘नदीमा डुवेका हुन् की कतै गएका हुन पत्तो लागेको छैन ।

    अगैयामा रहेका पत्रकार हेमन्त चौधरीले स्थानीय व्यवसायी शिव शर्मा हराइरहेको जानकारी दिए । ४२ वर्षिय शर्मा नदीमा डुबेर हराएको हुनसक्ने आशंकामा नदीमा समेत खोजी कार्य तिव्र पारिएको उनले बताए ।

    अहिले त्यहाँ सुरक्षाकर्मी र स्थानीयहरुको ठुलो भिड लागेको छ । दिउँसो सवा दुई बजेदेखि हराइरहेका व्यवसायी शर्मा साँझ ५ बजेसम्म नभेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्