Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
    ९८५ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्जबाट १६ वर्षमा नै छोरीहरुको बिहे गर्न पाउँनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका २ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नेपालगञ्जको धम्बोझी चोकबाट बाँके प्रहरीले प्रर्दशनमा उत्रिएका २ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । नेपालको कानुनमा सहमतीमा नै छोरीको बिहे गर्न २० वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

    तर केही समययता नेपालगञ्जमा कानुनलाई नै चुनौती दिनेगरी नेपालगन्ज, जानकी र डुडुवाका मधेसी समुदायका अभिभावकहरुले आफ्ना छोरीहरुलाई १६ वर्षमै विहे गराउन पाउँ भन्दै प्रर्दशन गरिरहेका थिए ।

    जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहंले जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका ३ का फुलमति पाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्