Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
    ३४४६ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगञ्जमा पछिल्लो समय फेरी गुण्डागर्दी बढ्न थालिसकेको छ । नेपालगञ्ज उपमहानगरपालिका २ न्युरोडमा रहेको बागेश्वरी क्युएफएक्स परिसरमा सोमबार एक युवामाथि सांघातिक आक्रमण भएको छ ।

    नेपालगञ्जका १ का रोशन महतरामाथि नम्बर नखुलेको कारमा आएका ६ जनाको समुहले सोमबार दिउसो आक्रमण गरेको थियो । आक्रमणबाट महतरा घाइते भएका छन् ।

    नेपालगञ्ज क्षेत्रमा गुण्डागर्दी गर्ने समुहका नाइके नेपालगन्ज उप–महानगरपालिका ७ का सुरेश कुर्मी र १२ का अनुराग शाह नेत्तृवको टोलीले महतरामाथी आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।

    घटना लगत्तै मुख्य योजनाकार कुर्मी र शाहलाई जिल्ला प्रहरी कार्यालयबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिसकेको छ । यी दुई समुहबिच २०७५ भदौं ३१ गते साँझ धम्बोझी चोकमा खुुकुरी हानाहान भएको थियो ।

    त्यतीबेला महरा र कुर्मी गम्भिर घाइते भएका थिए । सोमबारको घटनामा समेत युवाहरुको समुहले खुकुरी लगायतका घरेलु हातहतियार प्रयोग गरो थिए ।

    घटनामा सग्लन अन्य युवाहरुको समेत खोजि गर्नको लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्