Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ३१२ पटक
    बर्दिया ।

    प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको गोली लागी बर्दियामा एक प्रहरी जवान घाइते भएका छन्। मंगलबार दिउँसो मधुवन गाउँपालिका–४ मा चन्द समूहले प्रहार गरेको गोली लागेर प्रहरी जवान गंगाराम थारु घाइते भएका हुन्।

    इलाका प्रहरी कार्यालय ढोडरीमा कार्यरत थारुको तिघ्रामा गोली लागेको बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। घाइते थारुलाई उपचारका लागि नेपालगंज पठाइएको उनले जानकारी दिए।

    प्रहरीले गोली प्रहार गर्ने चन्द समूहका दुई जनालाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा रोहित सुनार र जयबहादुर ठाडामगर रहेको छन्। उनीहरुको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

    एनसेल टावरमा आगजनी गर्ने समूह गाउँमा लुकेर बसेको भन्ने सूचनाका आधारमा खोजिमा गएको प्रहरी गस्ती टोलीमाथि गोली प्रहार भएको थियो।

    प्रतिकृया दिनुहोस्