Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ३०२ पटक
    सुर्खेत ।

    सुर्खेतको वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि आक्रोशित बनेका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । वीरेन्द्रनगर अहिले बजार तनावग्रस्त बनेको छ ।

    उनीहरुले टिप्पर चालकलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रहरी बिटमा समेत आगजनी गरेका छन् । प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास हाने पनि भीड नियन्त्रण गर्न सकेको छैन ।

    आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले साढे ६ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार बिहान टिप्परले वीरेन्द्रनगरको जुम्ला रोडमा किच्दा कालिकोट महावै गाउँपालिका वडा नं ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो ।

    मृतक सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाईकललाई भे १ ख २२४२ नं को टिप्परले ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस्