Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ५४३ पटक

    वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ ।

    कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

    स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

    कर्फ्युु लगाउने तयारी

    सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यो प्रयोजनका लागि बैठक बसिरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्