Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ३५३ पटक
    बुटवल ।

    पाँच नम्बर प्रदेश सरकारले प्रदेशभित्रका विद्यालयहरुमा स्टाफ नर्स खटाउने भएको छ ।

    प्रदेश ५ सामाजीक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलले विद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य व्यबस्थापनका साथै महिनावारी स्वास्थ्यका लागी सरकारी विद्यालयमा स्टाफ नर्स राख्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशका ८ विद्यालयमा यो सेवा सुरु गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ ।

    प्रदेश ५ भित्रका सरकारी विद्यालयमा सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्