Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    २८९ पटक
    यूएई ।

    यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । ओमानबाट यूएई आउँदै गरेको लरीले ठक्कर दिंदा दार्चुलाका रमेश कामीको ज्यान गएको हो ।

    सामान बोकेर तीव्र गतिमा आएको लरीले सडक पार गर्दै गरेका कामीलाई ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी प्रमोद तामाङले उज्यालोलाई जानकारी दिनुभयो । हत्ताको मुजेरा सुपरमार्केट नजिकै दुर्घटना भएको हो ।

    शनिबार साँझ भएको दुर्घटनाको नेपाली दूतावासले सोमबार पुष्टी गरेको छ । यूएईको क्लिन्को नामक सरसफार्इ गर्ने कम्पनीमा कार्यरत दार्चुलाका रमेश कामीको ज्यान गएको दूतावासले जनाएको छ ।

    यसबारे थप अनुसन्धान भैरहेको र लरी चालक प्रहरीको नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

    दुर्घटनाबारे जानकारी पाएलगत्तै दूतावासले कम्पनी र स्थानीय प्रहरीसँग समन्वय गर्न दूतावासका जनसम्पर्क अधिकृत ९पीआरओ० खटाएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्