Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    १०८२ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्जमा रहेको सोल्टी होटल चालु आर्थिक वर्षदेखि मुनाफामा जान थालेको छ । सञ्चालनको तीन वर्षपछि उक्त होटल मुनाफामा गए पछि शेयर धनी उत्साहित छन् ।

    काठमाण्डौमा हालै सम्पन्न भएको साधारणसभामा शेयर धनीले अर्को वर्षदेखि उक्त होटलको मुनाफा पनि प्राप्त गर्ने जानकारी गराइएको छ । सोल्टीले तीनवर्ष अघि नेपालगञ्जमा पहिलो वातावरणमैत्री पाँचतारे होटल निर्माण गरेको थियो ।

    अहिले क्यासिनो समेत सञ्चालनमा छ । गत वर्षबाट सञ्चालनमा आएपनि सुरुवाती अवस्थामा सञ्चालन मुनाफा नोक्सानमा थियो ।

    उक्त होटलमा चालु वर्षदेखि मुनाफामा देखिन थालेको हुँदा सेयरधनीहरूले अर्को वर्षदेखि मुनाफा प्राप्त गर्न सक्ने छन् ।

    सोल्टी होटल नेपालगञ्ज जिरो कार्बन फुटप्रिन्ट र वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको उक्त होटलमा फोहर व्यवस्थापन प्रविधिले फोहर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्ने प्रविधि जडान गरिएको छ ।

    सोल्टीलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटलका रुपमा मानिएको छ । करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त होटल काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो ।

    प्रतिकृया दिनुहोस्