Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/२९ गते
    ६८५ पटक
    नेपालगन्ज ।

    नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आज सबै सेवाहरु बन्द भएका छन्।

    आज बिहान ७ बजेदेखि अस्पतालमा बत्ती नभएर सबै किसिमका सेवाहरु बन्द हुँदा सयौँ बिरामीहरु मर्कामा परेका छन्। अस्पतालभित्र बत्ती नहुँदा आपत्कालीन अवस्थामा रहेका बिरामीलाई अन्य अस्पतालमा लागिएको छ। बिहान ७ बजेदेखि बत्तीको समस्याले सबै ओपिडि सेवाहरु बन्द भएका छन्।

    यस्तै अप्रेसन कक्ष समेत बन्द भएको छ। बत्ती अभावले गर्दा सबै भन्दा आईसीयू सेवा प्रभाबित बनेको छ। अस्पतालभित्र गर्मी खप्न नसक्दा सामान्य बिरामीदेखि कुरुवाहरु बाहिर आएर बसेका छन् भने कति बिरामी हाते पंखाको भरमा बसेका छन्।

    यति ठूलो अस्पतालको गैर जिम्मेवारका कारणले धेरै बिरामीहरु मर्कामा परेको भर्ना भएका बिरामीहरुले बताए। अझ आईसीयू जस्तो सम्बेदनशील जोनमा के भएको होला कल्पना गर्दा पनि सकिन्न, उनीहरुले भने ।

    यस्तै अस्पतालको आपत्कालीन सेवा समेत बन्द हुँदा गम्भीर बिरामीलाई समस्या परेको छ। अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले अस्पतालभित्र रहेको नयाँ ६०० केभीको जेनेरेटरलाई स्वचालित प्यानल जोड्न लाग्दा बत्ती नभएको बताए ।

    दिउँसो ३ बजेसम्म बत्ती अस्पताल भित्र प्रबाह भइसक्ने अधिकारीले बताए।

    प्रतिकृया दिनुहोस्