Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    १३६४ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीमा अत्याधुनिक स्वचालित शौचालय आजदेखि संचालनमा आएको छ ।

    संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय संचालनमा आउनु मात्रै उपलब्धि नभएको भन्दै यसको सही सुदपयोगमा जोड दिनुभयो ।

    शौचालयलाई सफा राख्नु आफैंमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको बताउनुभयो ।

    नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत् ४६ लाख ३६ हजार रुपैयाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

    नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजार रुपैयाँमा निर्माण गरेका तीन वटा सुलभ शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्