Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    ११८० पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा जारी महोत्सवको ९ औं दिन ९शनिबार० प्रमोद खरेल र ज्योती मगरबिच जुहारी चलेको छ । साँगिति क्षेत्रका दुई हस्ती एकै मञ्चमा भेटिएपछि उनिहरुबिच जुहारी चलेको हो ।

    स्टेज क्विनका रुपमा ख्याती कमाएकी ज्योती मगरले आफ्नै अन्दाजमा दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन । निकै आकर्षक अवतारमा प्रस्तुत भएकी ज्योतीलाई हेर्न हजारौं युवायुवती महोत्सव परिसरमा झुम्मीएका थिए । आकर्षक हाउभाउसहित ज्योती गित गाउँदा दर्शकहरुले खुलेरै साथ दिएका थिए ।

    ज्योतीले तताएको माहोल प्रमोद खरेलको आगमनले झनै तात्तिएको थियो । आधुनिक गायक क्षेत्रका नक्षेत्र खरेलले घाम डुब्दासम्म कोहलपुरवासीलाई साँगितिक खुराक पस्किएका थिए ।

    केही समय ज्योती र प्रमोदले सँगै प्रस्तुती समेत दिएका थिए । खरेलका फिल्मी तथा आधुनिक गितमा झुमेका दर्शकहरुले महोत्सवको रौनकता झनै बढाएका थिए । शुक्रबार वर्षाका कारण महोत्सवको साँस्कृतीक कार्यक्रम स्थगित गरिएको थियो ।

    पुर्वनिर्धारित तालिका अनुसार शुक्रबार निम्त्याईएका खरेलले एक दिन कुरेरै भएपनि कोहलपुरका दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन । यसैबिच शनिबार मौसम खुलेसँगै महोत्सव आउने दर्शकको सँख्या ह्वात्तै बढेको थियो ।

    वर्षाले हिलाम्मे मैदानको प्रवाह नगरी हजारौं दर्शकहरु महोत्सव अवलोकन गर्न आएको आयोजकले जनाएको छ । आईतबार शान्तीश्री र फुलन्देकी आमा आउने महोत्सवको दशौं दिन आईतबार लोकदोहोरी गायीका शान्तीश्री परियार, बसन्त लम्साल र हाँस्य कलाकार फुलन्देकी आमा कोहलपुर आउने भएका छन ।

    महोत्सव आयोजकका अनुसार राष्ट्रिय कलाकारका अलावा अन्य स्थानिय कलाकारले आईतबारको साँस्कृतीक कार्यक्रममा सहभागीता जनाउने भएका छन । ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष २४ गतेदेखी महोत्सव संचालन भईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्