Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    २३९५ पटक
    कोहलपुर ।

    भारतको उत्तरप्रदेशको बहराइचमा बुधबार दिउसो मृत भेटिएका कोहलपुर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको खुलेको छ ।

    बहराईचस्थित शंकर होटलको कोठा नम्बर ४ मा मृत अवस्थामा भेटिएका खड्काको शव नजिकै ‘सुसाईट नोट’ भेटिएको हो । भारतीय प्रहरीले अनुसन्धान गर्ने क्रममा होटलको कोठामा ‘सुसाईट नोट’ भेटिएको थियो ।

    सुसाईट नोटमा खड्काले आर्थिक तनावका कारण आत्महत्या गरेको उल्लेख गरेका छन् ।

    आफैले लेखेको भनिएको सुसाईट नोटमा वडाअध्यक्ष खड्काले बैंकका कारण आफु आत्महत्या गर्न बाध्य भएको समेत उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्