Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    १८० पटक
    मुम्बई

    बलिउड अभिनेत्री जायरा वसिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ। सन् २०१७ मा अभिनेत्री वसिमले आफूमाथि शारीरिक दुव्र्यवहार भएको बताएकी थिइन्। सो घटना भइरहँदा अभिनेत्री वसिम १७ वर्षको मात्र भएकीले पीडक सचदेवलाई बालबालिका संरक्षण कानुनमा दोषी ठहराइएको थियो।

    उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नयाँ दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा ४१ वर्षीय सचदेवले आफूलाई शारीरिक दुव्र्यवहार गरेको लाइभ गरेकी थिइन्। विस्तारा एयरलाइन्सले सो व्यक्तिबारे जानकारी गराएपछि पुलिसले नियन्त्रणमा लिएका थिए।

    अभिनेत्री वसिमले फ्लाइटका सदस्यलाई सो घटनाबारे जानकारी दिँदा कुनै प्रतिक्रिया नदिएको दाबी गरेकी थिइन्। पक्राउ परेलगत्तै सो व्यक्तिले आफूले जानेर अभिनेत्री वसिमलाई नछोएको स्पष्टिकरण दिएका थिए।

    सन् २०१६ मा बलिउड फिल्म ‘दंगल’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री वसिम ‘सेक्रेट सुपरस्टार’ र ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्। उनले फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि बलिउड यात्रा अन्त्य गरेको जनाएकी थिइन्। उनले स्ट्याटसमा लेखेकी थिइन्,‘ पाँच वर्ष पहिले मैले बलिउडमा पाइला राख्दा सफलता पाएको थिएँ। धेरै युवाहरूले मलाई रोल मोडल मान्न थालेका थिए।

    म कहिल्यै पनि यस्तो गर्न चाहँदैनथेँ। नयाँ जीवनशैलीलाई बुझ्दै गर्दा मलाई महसुस भयो कि म यो संसारको लागि बनेकी हैन। म अल्लाहको चरणमा आफ्नो जीवन समर्पित गर्दछु।’ उनले सफलताले जीवनलाई अझ स्वार्थी बनाउने हुँदा आत्मालाई धोका दिएर भ्रममा अगाडि बढ्न नसक्ने उल्लेख गरेकी थिइन्।

    उनले लामो समयसम्म एक्लै संघर्ष गरिरहेको र आगामी दिनमा संघर्ष गर्न तत्पर भएकाले आधिकारिक रूपमा फिल्म क्षेत्रबाट छुट्टिएर बस्ने घोषणा गरेको जानकारी गराएकी थिइन्।

    प्रतिकृया दिनुहोस्