Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    १३८ पटक
    रावन बिश्वकर्मा । बाँसगढी ।

    बर्दियाको बाँसगढी नगरपालिकामा मंगलबारबाट थारु समुदायहरुको ठुलो पर्व माघीको अवसरमा बाँसगढी माघ महोत्सव सुरु भएको छ । महोत्सवको संघिय सांसद शान्ता चौधरीले उद्घाटन गरेकी थिइन् ।

    बर्दियामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले भ्रमण वर्ष २०२० तथा बाँसगढी माघ महोत्सव भएको हो ।

    ‘घुम्न जाऔँ बर्दिया’ भन्ने मुल नाराका साथ बाँसगढी नगरपालिकाको सहयोग तथा संरक्षणमा बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको थियो ।

    मंगलबार सुरु भएको बाँसगढी माघ महोत्सव आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा थारु नृत्य प्रतियोगितासँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु पुर्णकला वि.सी, नविन पौडेल, चक्र बम, श्री निवास चौधरी, अञ्जु कुश्मी, राज कुश्मी, बिवश चौधरी, सुनिता दहित, रितु चौधरी लगायत एक दर्जन बढी कलाकारहरुको सहभागिता हुनेछ ।

    प्रतिकृया दिनुहोस्