Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ८३ पटक
    नेपालगञ्ज ।

    बाँके नेपालगन्ज घरवारीटोलस्थित कमल टे«र्डसका सन्चालक युवा व्यवसायी भरत कडायतको निधनले बाँकेका उद्योगी, व्यवसायीलाई स्तब्ध बनाएको छ । सक्रिय व्यवसायी कडायतको सोमवार निधन भएको थियो ।

    उनको मंगलवार बर्दियामा अन्त्येष्टि गरिएको छ । कडायतको निधनले शोकमा रहेका समावेशी प्यानलका उम्मेदवारले नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि मंगलवार प्रचार, प्रसार र घरदैलो अभियान रोके ।

    अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी (चुन्ना) लगायत सम्पूर्ण उम्मेदवार बर्दियामा मलामी पुगेका थिए ।

    अध्यक्ष पदका उम्मेदवार चुन्नाले कडायतको निधन अकल्पनीय भएको बताउनुभयो । उहाँको निधनले बाँकेको निजी क्षेत्रले सफल र युवा व्यवसायी गुमाएको चुन्नाले प्रतिक्रिया दिनुभयो ।

    प्रतिकृया दिनुहोस्