Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ५०६ पटक
    कैलाली

    कैलालीको धनगढीबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।

    वडा नम्वर १० घर भई वडा नम्वर ८ को बुद्दचोक नजिक डेरा गरी बस्ने २० बर्षीय उमेश धामी, २० बर्षकै उमा चौधरी र १९ बर्षीय असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

    उनीहरुको साथबाट ५ सय १० मिलिग्राम ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरीएको उनले बताए।

    कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्