Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ३३४ पटक
    नेपालगञ्ज ।

    बाँके नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका युवा व्यवसायी भरत कडायतको निधन भएको छ । सोमवार राती घरमा उनको मृत्यु भएको हो । ३८ वर्षिय कडायत जुत्ताचप्पल ब्यवसायी संघमा आवद्ध थिए ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सक्रियतापूर्वक लागिरेका बेला कडायतको निधनले उद्योगी, व्यवसायी क्षेत्र स्तब्ध बनाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक धामीले सोच्नै नसकिने घटना भएको बताए ।

    हिजो अस्तीसम्म सक्रियतापूर्वक चुनावी काममा खटिएका कडायतको निधन अकल्पनीय भएको धामीले बताए । व्यवसायीका नेता चिरन्जीवी ओलीले कडायतको निधनबाट नेपालगन्जले एकजना सफल र सक्रिय व्यवसायी गुमाएको बताए ।

    प्रतिकृया दिनुहोस्