Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    ३०२ पटक
    नेपालगञ्ज ।

    नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद अन्सारी चुन्ना नेतृत्वको समावेशी प्यानलले सबै मतदातालाई रिझाउँदै प्यानलनै जित्ने रणनीति बनाएको छ । यसपटक उक्त प्यानलले एउटै पनि उम्मेदवार ‘फुत्किन नदिने’ भएको छ ।

    ‘शतप्रतिशत नतिजा आउने निर्वाचन रणनीति बनाएका छौं ।’ समावेशी प्यानल निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्रेलले भन्नुभयो–‘सोही रणनीति अन्र्तगत यतिबेला निर्वाचन सम्बन्धी काम भइरहेको छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्यले प्यानल जित्ने बाहेक दाया बाया नगर्न निर्देशन दिइसकेका छन्् ।

    ‘प्यानल नै जिताउने एकसुत्रीय अभियानमा छौं ।’ आचार्यले स्पष्ट शब्दमा भन्नुभयो–‘हामीले बनाएको रणनीति कार्यान्वयन गर्न लाग्नुहोस् ।’ आचार्यले प्यानल जिताउने रणनीति सफल भइ छाड्ने ठोकुवा गर्नुभयो ।

    समावेशी प्यानलबाट अध्यक्षमा अब्दुल वाहिद अन्सारी चुन्ना, उपाध्यक्षमा वाणिज्य तर्फ ज्ञानेन्द्र कुमार श्रेष्ठ र उद्योग तर्फ आदेश अग्रवालले उम्मेदवारी दिनुभएको छ ।

    सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नुभयो । बस्तुगत तर्फ भिमलाल कँडेल ९होटल व्यवसायी संघ बाँके अध्यक्ष० , सिद्धान्तजङ्ग राणा सिद्धु ९टेन्ट व्यवसायी संघ बाँके०ले मनोनयन दर्ता गर्नुभयो । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्