Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    १५९ पटक
    एजेन्सी ।

    अष्ट्रेलियामा आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्न थालिएको छ।

    न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो।

    झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन्।

    ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन्।

    सरकारको प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको देखिएको छ।

    ‘आगलागीले उनीहरूको बासस्थान र चरन क्षेत्र खरानी बनाइदिएकाले बाँचेकाहरूले रक वालावीले खाना पाएका छैनन्। प्राकृतिक रूपमा उनीहरूको खाना तयार नभएसम्म हेलिकप्टरबाट खाना बाँड्ने काम जारी रहन्छ,’ उनले भने।

    अष्ट्रेलियामा जारी आगलागीमा परी ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन्।

    प्रतिकृया दिनुहोस्