Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ६८९ पटक
    चिरञ्जीवी ओली ।

    दश वर्षदेखि नेपालगञ्जमा रहेर व्यवसायीक क्षेत्रमा क्रियाशिल छु । आफ्नो व्यवसायीक कर्मसंगै व्यवसायीक हकहितका सवालमा समेत सदैव इमानदारीतापूर्वक दिन रात नभनी लागेको छु ।

    यस क्रममा मैले कसैको कुभलो चिताउने काम गरिन । इमानदारीता र व्यवसायीकतालाई सदैव आत्मसाथ गरे । मेरो व्यक्तिगत आचरणका बारेमा सबै उद्योगी, व्यवसायी अवगत हुनुहुन्छ नै ।

    नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदको उम्मेदवारी दिइ मतदाता माझ पुगेका बेला मेरो बारेमा केही संचारमाध्यममा समाचार त आयो आयो ।

    ती समाचारमा कतै पनि मेरो भनाई राख्ने अवसर दिइएन । एकपक्षियरुपमा मेरो बिरुद्ध आक्रमण भएको देखे । अर्को तर्फ व्यवसायीक हकहितकै विषय उठान गर्छु भन्दै चुनावी प्रतिस्पर्धामा रहेको साझा प्रजातान्त्रिक प्यानले समेत मेरो नामै किटान गरेर मतदाता परिचय पत्र कब्जा गरेको भनेर प्रचार प्रसार गरेको देख्दा निकै दुःख लागेको छ ।

    उद्योगी, व्यवसायीको सहजताका लागि स्वयं मतदाताले भने पछि बिना स्वार्थ मैले मंसिरको दोस्रो हप्तामा केही परिवारिक मतदाता परिचयपत्र ल्याएको थिए । नविकरण र नयाँ सदस्यता लिदा मतदाता स्वयं नआउँदा पनि नविकरण गर्न मिल्ने र सदस्यता समेत पाउने अवस्था देखेपछि सचिवालयका कर्मचारीसंग मैले यसो गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा सोधेको थिए ।

    सचिवालयबाट अनुमति पाएपछि मात्र मैले उद्योगी, व्यवसायीको सहजताका लागि उक्त मतदाता परिचय पत्र हस्ताक्षर गरेर ल्याए । मैले परिचयपत्र ल्याएर पछि सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छु । यो कुनै कब्जा र जर्बजस्ती थिएन । सोही विषयलाई लिएर नामै किटान गरी मतदाता परिचयपत्र कब्जा लिएको जस्ता गम्भीर आरोप लगाई मेरो व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको छ ।

    एउटा सामान्य प्राविधिक बिषयलाई यो हदसम्मको ठुलो बनाएर व्यक्तिगरुपमा प्रहार हुन्छ भन्ने मैले कल्पनासम्म गरेको थिएन । महासचिव नेतृत्वको सचिवालयको कमजोरीका कारण उत्पन्न समस्यालाई लिएर म, मेरो प्यानलका अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाको नामै किटेर जे जस्ता आरोप लगाइएको छ त्यो गैर व्यवसायीक चरित्र हो भन्ने महसुस भएको छ ।

    अन्तमा म हिजो पनि उद्योगी, व्यवसायीकै हकहितमा थिए आज पनि हकहितमै छु । भोली पनि उद्योगी, व्यवसायीको पक्षमा खरो भएर उत्रिने छु । म निर्वाचनको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

    म लगायत अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्व सहित सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मत सहित बिजयी गराउन हुन अनुरोध गर्दछु । उद्योगी, व्यवसायी मतदाता, शुभचिन्तकहरु कसैलाई पनि भ्रममा नपर्न अनुरोध पनि गर्छु ।

    प्रतिकृया दिनुहोस्