Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    २०९ पटक
    एजेन्सी ।

    भारतीय चर्चित टिभी शो बिग बोसकी प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक हेडलाइनमा छाएकी छिन् ।

    मुम्बई प्रहरीले अमृतालाई फाइभ स्टार होटलबाट पक्राउ गरेको छ । नायिका ऋचा सिंहलाई पनि मुम्बइ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले नक्कली ग्राहक बनेर सेक्स र्‍याकेट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौनधन्दामा संलग्न भएको बताएको छ ।

    प्रहरीले यौन धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्