Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ४२ पटक

    वैवाहिक सम्बन्धमा प्राय श्रीमतीहरु निकै चतुर हुन्छन् र कसैको भने श्रीमती भन्दा श्रीमान औधी चलाख हुन्छन् । तर अत्याचारी र नक्कल पार्न कुशल सासुलाई कसैले पनि जित्न सक्दैन ।

    बेलायती लेखक जिके चेस्टरटनले आफ्नो हास्य पुस्तकमा सासुको बारेमा बयान गरेका छन्, उनले राम्रो आचरणको सासु र एक खराब सासुको तुलना गर्दै खराब सासु एउटा राक्षस जस्तै हुन्छिन् भनेका छन् ।

    जोक्समा उतारिएको हास्यपात्र भन्दा पनि एक सामान्य भारतीय सासु भन्ने बित्तिकै सबैलाई नियन्त्रण गर्न खोज्नेको रुपमा चिनिन्छन् ।

    आफ्नो संस्कृति अनुसार सबै हिन्दु नारीहरु विवाह पछि आफ्नो श्रीमानको घरमा बस्छन् । एउटा बुहारीको सासु संग कस्तो सम्बन्ध हुन्छ भन्ने सबै भन्दा महत्वपूर्ण हुन्छ । उनीहरुको जिन्दगिको अनुभव कहिलेकहिँ सासुको प्रतिस्ठान कायम राख्न पनि सहयोग गर्छ ।

    भारतीय सासु बलिवुड चलचित्रमा देखाइने पिडित आमाको तुलनामा धेरै भिन्न छिन् । उनि एक प्रभावशाली व्यक्तित्व , सवाधिकारसम्पन्न, बुहारीमाथि राज गर्ने र आफ्नो छोरा माथि थोरै नियन्त्रण राख्ने र आफ्नो संयुक्त घरपरिवारलाई चलाउन सक्षम व्यक्ति हुन् । त्यसैले त उनि भारतको सबै भन्दा लामो समयसंग प्रशारण भएको टेली चलचित्रकी पात्र पनि हुन्, अनुवाद गरिएको “किनकि सासु पनि कुनै दिन बुहारी थिइन् ।”

    अहिले भारतीय सासुहरु अध्ययनको विषय बनेका छन् । सन् २०१८ मा बोस्टन र दिल्लीका अनुसन्धानकर्ताले सासुहरुको बारेमा खोज गरेका थिए । उत्तर प्रदेशको जैनपुर जिल्लामा रहेको २८ वटा गाउँमा उनीहरुले छ सय ७१ विवाहित महिला संग कुराकानी गरेका थिए । जस मध्य प्राय १८ देखि ३० वर्षका थिए । उत्तर प्रदेश रुढिबादी परम्परामा विश्वास राख्ने पुरानो राज्य हो त्यहाँको जनसंख्या पुरै ब्राजिलको जति छ ।

    नमुनाको रुपमा लिइएको महिलाहरु प्राय औसत २६ वर्षका थिए, र उनीहरुक श्रीमान औसत ३३ वर्षका थिए । अधिकांश महिलाहरु हिन्दु र तल्लो जातका थिए । जस मध्य ६० प्रतिशतको आफ्नै खेतियोग्य जमिन छ र लगभग ७० प्रतिशत महिला आफ्नो सासुसंग बस्छन् ।

    अनुसन्धानकर्ताले ती महिलालाई आफ्नो सामाजिक सम्बन्ध, आफन्त, साथीहरु र घर बाहिरको संसारको बारेमा प्रश्न सोधेका थिए । उनीहरुलाई आफ्नो सासुले सामाजिक संजालमा कस्तो प्रभाव पार्छन् भन्ने विषयको बारेमा सोधिएको थियो । त्यसले आफ्नो स्वायत्ततामा कस्तो प्रभाव पर्दछ र स्वास्थय सेवा पहुँच तथा सासुले कस्तो ख्याल राख्छन् भन्ने विषयमा प्रश्न सोधिएको थियो ।

    अनुसन्धानकर्ताले नतिजा भने यथार्थ भन्दा भिन्न पाए। प्राय महिलालाई थिरै मात्र स्वतन्त्रता दिइएको थियो र सासुले घर भन्दा बाहिर अरु महिला संग कुराकानी गर्न तथा साथि बनाउन रोक लगाएको पाए ।

    बाहिरको वातावरणमा घुलमिल हुँदा, सूचनामा पहुँच र साथीहरु बनाउँदा आत्मविश्वास बढ्ने तथा आफ्नो आकांक्षाहरु पुरा गर्न सहयोग हुन्छ । साथै, आफ्नो स्वास्थ्य सम्बन्धि निर्णय, प्रजनन क्षमता र परिवार नियोजनको विषयमा यस्तो सामाजिक भेटघाटले अझ धेरै सूचना दिने गर्दछ ।

    अनुसन्धानमा करिब ३६ प्रतिशत महिलाको पुरै जिल्लामा कोहि एक जना पनि नजिकको साथी तथा आफन्त नभएको पाए।

    २२ प्रतिशत महिलाको कोहीपनि आफन्त र साथि छैनन् , केवल १४ प्रतिशत महिलालाई स्वास्थ्य संस्थामा एक्लै जान अनुमति छ र १२ प्रतिशत महिलालाई नजिकको साथी र आफन्तको घरमा जान अनुमति छ । जैनपुरको एक विवाहिता नारीलाई जीवनमा दुई जना व्यक्ति मात्र महत्वपुर्ण हुन्छ एउटा उसको श्रीमान र आर्को सासु आमा ।

    अनुसन्धानको क्रममा उनिहरुले महिलालाई दुई भागमा विभाजन गरेका थिए, पहिलो( आफ्नो सासु संग बस्ने महिला र अर्को छुट्टै बस्ने महिला र ती महिलाको कति जना नजिकको साथि तथा आफन्त छन् भनि तुलना गरिएको थियो । आफ्नो स्वास्थ्य, प्रजनन स्वास्थ्य, र गर्भ नियन्त्रणको गरेमा कुराकानी गर्ने महिला नजिकको साथी भएको पाए ।

    नतिजाको अनुसार सासु संग बस्ने महिला मध्य १८ प्रतिशत महिलाको मात्र नजिकको साथी छन् । सासु आमाले प्रजनन क्षमता नियन्त्रण गर्ने र परिवार नियोजनबाट टाढा राख्न उनीहरुलाई अरुको घरमा जान प्रतिबन्ध लगाएका छन् ।

    बुहारीको इच्छाविपरित सासुहरु धेरै सन्तानको इच्छा राख्छन्, र प्राय छोरा नै चाहन्छन् । ४८ प्रतिशत सासुहरुले आफ्नो बुहारीको गर्भ्निरोधन गर्न स्वीकृति दिएका छैनन् । यदि छोरा प्रवाशी कामदार छ भने बुहारी संग सासु झन् धेरै कडा व्यवहार गर्छिन्, उनले बुहारीको हिडडुलमा, स्वायत्तता र निर्णय लिने अधिकारमाथि अझ धेरै प्रतिबन्ध लगाउछिन् ।

    बोस्टन विश्वविद्यालय तथा दिल्ली स्कुल ओफ इकोनोमिक्स, नर्थ इस्टर्न विश्वविद्यालय र बोस्टन कलेजका अनुसन्धानकर्ता भन्छन्, “यस अनुसन्धानबाट थाहा हुन्छ कि सासु आमाहरुको कडा व्यबहार उनीहरुको अभिरुचि तथा प्रजनन क्षमता र परिवार नियोजनको बारेमा रहेको सोचाईमा भर पर्छ ।

    घर भन्दा बाहिर नगएका महिलाहरुको साथी पनि कम हुने तथा स्वास्थ्य सेवा बाट पनि बन्चित हुन्छन् । उनीहरुलाई प्रजनन स्वास्थ्य, प्रजनन क्षमता र परिवार नियोजनको सेवा जस्तै आधुनिक गभनिरोधक विधिहरुको बारेमा केहि थाहा हुदैन ।

    भारतको प्राय विवाहित महिला आफ्नो व्यक्तिगत समस्या र निजि मामिला, श्रीमान र सासु आमा बाहेक गाउँमा कम व्यक्तिसंग कुराकानी गर्छन् ।

    अनुसन्धानमा नमुनाको लागि छानिएका महिलाको साथि तथा आफन्त धेरै भए दुई जना त्यो भन्दा बढी अरु मानिस संग कुराकानी नभएको पाइएको छ । सन् २००४ मा अमेरिकामा गरिएको गलअप सर्वेक्षणमा त्यहाँको एक जना महिलाको कम्तिमा आठ जना नजिकको सथि भएको पाइएको थियो । भारतमा भने केवल ३३ प्रतिशत महिला संग मोबाइल फोन रहेको तर टाढा दुरीमा फोन् कल गर्न प्रतिबन्ध लागाइएको छ ।

    तर यो सबैको मतलब सासुसंग बस्ने बुहारीलाई फाइदा हुदैन भन्ने छैन । अनुसन्धानको अनुसार गर्भावस्थामा सासुले निकै सहयोग गर्ने तथा स्वास्थ्यको ख्याल राख्ने गर्दछन् ।

    तर समग्रमा हेर्दा सासुले जहिले पनि बुहारीको अधिकार हनन गर्छिन् । अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानको नाम “ मम्मीजीको अत्याचार” राखेका छन् ।

    सौतिक विस्वास (बीबीसी)

    प्रतिकृया दिनुहोस्