Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    ९८ पटक
    गोरखा ।

    गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृत्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान ९२ वर्षीय कर्णखर अम्गाईको मृत्यु भएको हो ।

    सोमबार बिहान ३ बजे मृत्यु भएकी जयन्तीको दाहसंस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृत्यु भएको थियो । मंगलबार राती ९ बजे मृत्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

    श्रीमतीको अन्तिम दाहसंस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दाहसंस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्