Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    ७८ पटक
    काठमाडौँ

    राजधानीको बुढानिलकण्ठमा तीन साता अघि ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ल कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेश गर्दै मल्ललाई कारागार चलान गरेको हो।

    गत मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा मल्लले चलाएको कारले ठक्कर दिएको थियो। देवकोटालाई तत्कालै अस्पताल पुर्‍याइए पनि ज्यान जोगिन सकेन।

    गल्फका अन्तर्राष्ट्रिय खेलाडी मल्ल विदा मनाउन अमेरिकाबाट फर्किएको सात दिन पनि बित्न नपाउँदै यो घटना भएको थियो।

    रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कनेक्रममा उनले चलाएको निजी कारले अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिएको थियो।

    प्रतिकृया दिनुहोस्