Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२० गते
    ३७७ पटक
    एजेन्सी ।

    भारतको उत्तर प्रदेशस्थित इटावामा प्रेमी प्रेमीकालाई आपत्तिजनक अवस्थामा देखेपछि युवतिको भाइले उनीहरुलाई धारिलो हतियार प्रहार गरेका छन् । उक्त प्रहारबाट प्रेमीकाको मृत्यु भएको छ भने प्रेमी गम्भीर घाइते भएका छन् ।

    युवतीको बाबुले दुईजनालाई आपत्तिजनक अवस्थामा देखेका थिए । त्यसलगत्तै भाइले दुवैमाथि धारिलो हतियार (बन्चरो ?) प्रहार गरेका थिए ।

    वरिष्ठ प्रहरी अधिकारी सन्तोष कुमार मिश्राले सो घटना यही जनवरी ३ मा भएको पुष्टि गरेका छन् । उनको अनुसार बेलुका करिब ५ बजे गाउँको एक खाली घरमा सो जोडीलाई आपत्तिजनक अवस्थामा देखेपछि घटना घटेको उनको भनाइ छ ।

    आक्रोशित बनेका युवतीका भाइले दुवैमाथि आक्रमण गरेको र सोही कारण युवतीको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै गम्भीर घाइते भएका उनका प्रेमीको भने उपचार भइरहेको छ ।

    प्रहरीले घटनाको पछाडि प्रेम प्रसंगको हात रहेको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र दोषिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्