Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ११९ पटक
    काठमाडौं ।

    नायिका बर्षा सिवाकोटी पनि अन्य नायिका झै यदाकदा चर्चामा आउने गरेकी छन । पछिल्लो समय प्रेम प्रसङ्गका कारण समाचारको हेडलाईन बनेकि वर्षा यतिबेला आफ्नो बोल्ड फोटी सामाजिक सन्जालमा सार्बजनिक गरेर चर्चामा आउदै छिन ।

    यसअघि उनि अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा परेको चर्चा चलेको थियो । यतिमात्र हैन आफ्ना प्रेमीलाई भेट्न उनी अमेरिका पुगेको खबरले मिडिया तातेको थियो ।

    उनले उक्त तस्वीर सार्बजनिक गर्दै स्टाटसमा “इट्स ओके समटाईम्स” लेखेर लभ रियाक्ट दिएकी छन् । जसमा आएका अधिकाश प्रतिक्रियामा उनको यस्तो अवतारलाई पचाउन सकेका छैनन् ।
    उनलाई एउटा सरल स्वभावको कलकारिता गर्ने, ट्रोल र बिवादमा खासै नपर्ने नायिकाको रुपमा सिनेप्रेमिहरुले चिन्ने गरेका छन् ।

    तर उनले सार्बजनिक गरेको सो तस्वीरले धेरैको सोचाई परिवर्तन गरिदिएको सो तस्वीरमा आएका प्रतिक्रियाले जनाउछ ।

    सामान्य ब्यक्तिको गतिविधिलाई खासै वास्ता गरिदैन तर एउटा राम्रो छवि बनाएका सार्बजनिक ब्याक्तित्वको गतिबिधिलाई कोट्याई कोट्याई हेर्ने गरिन्छ ।

    बर्षाको लागि पनि अहिले सोही भएको भन्न सकिन्छ । समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनले बुट्टेदार बिकिनी छिन ।

    एक तस्वीरमा कालो चस्मामा ढलक्क परि घुडा टेकेकि उनी बिन्दास मुडमा देखिन्छिन । फेसबुकमा सो अवतारको १ तस्वीर सार्बजनिक गरेकि छन् भने उनको ईन्स्टा एकाउन्टमा ३ तस्विर सार्बजनिक गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्