Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    १५५ पटक
    कोहलपुर ।

    कर्णाली नदीमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । जीपमा सवार एक १३ वर्षकी बालिका बेपत्ता भएकी छिन् ।

    कर्णाली करिडोर अन्र्तगत पर्ने बाजुराको हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरबाट जीप खसेको हो । से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको प्रहरी जनाएको छ ।

    गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउदै गरेको नौ जना यात्रु सवार जीप सडकबाट ५ सय मिटर तल नदीमा खसेको थियो ।

    मृत्यु हुनेमा जीप मालिक समेत रहेका जगन्नाथ गाउँपालिका ५ गोत्रीका २७ वर्षका रमेश शाही, हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने ३५ वर्षका पवन भण्डारी, कैलाली महोन्याल गाउँपालिका ५ बस्ने ३३ वर्षका दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने ३८ वर्षका प्रेमा लामा रहेको बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले बताए ।

    दुर्घटनामा घाइते भएका मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने २० वर्षका गोम्चो लामा, सोही ठाँउका २१ वर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ वर्षकी सरु विक र उनकी २ वर्षकी छोरी रहेकी छन् ।

    घाइते चारै जनालाई हेलिकप्टरमार्फत मेडिकल कलेज कोहलपुर ल्याएर उपचार भइरहेको छ । जीपमा सवार १३ वर्षकी शुशिला विक बेपत्ता रहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्