Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    २३९ पटक
    बुटवल

    कारले स्कुटरलाई ठक्कर दिँदा  युवतीको मृत्यु भएको छ। बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

    कारको ठक्करबाट स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले जनाएको छ।

    स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको छ छिट्टै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्