Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ३२५ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा नातिले हजुरआमाको हत्या गरेका छन् ।

    राप्तीसोनारी गाउँपालिका १ सिक्टाका २८ बर्षिय उमेश ओली (ज्योती) ले आफ्नै हजुरआमा ६८ वर्षिया पम्फाको हत्या गरेका हुन् ।

    मंगलबार राती नातिले हजुरआमालाई हिर्काउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कुसुमले जनाएको छ । हत्या गरेको आरोप लागेका उमेशलाई प्रहरीले बुधबार बिहान पक्राउ गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्