Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/१० गते
    २३९ पटक
    काठमाडौं

    आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्।

    त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन्।

    आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकका अनुसार सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागीर जानुका साथै ३/३ महिना जेल चलान गरिएको छ।

    सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन्।

    यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागीर जाने पक्का भएको चर्चा छ।

    प्रतिकृया दिनुहोस्