Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/७ गते
    १०५ पटक
    एजेन्सी ।

    नेपालमा मात्र होइन, संसारभर नियमित यौन सम्पर्कले टाउको दुखाइ कम गर्ने मान्यता रहेको छ । विभिन्न प्रकारका अध्ययनले नियमित नभए पनि अल्पकालिन यौन सम्बन्धले यो कुरालाई सत्य सावित गरेको छ ।

    यौन सम्बन्धको समयमा इन्डोरफिन निस्कने र यसले आनन्दको अनुभूति दिने गर्छ । यसलाई अफिमको जस्तै आनन्दको रुपमा लिने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    इन्डोरफिन (Endorphin)ले पीडालाई नष्ट गर्छ । पीडानाशकको रुपमा लिने इन्डोरफिनले यौन सम्बन्धपछि टाउको दुखाइ कम गर्ने काम गर्छ । महिलाहरुको महिनावारीमा पनि धेरै पेट दुखेमा यौन सम्बन्ध कायम भएमा दुखाइ कम हुने मान्यता रहेको छ ।

    सक्रिय यौन क्रियाकलापले आयुमैसमेत सकरात्मक असर गर्ने बेलायती वैज्ञानिकहरुको अध्ययनको निष्कर्ष छ । मुटुरोग, डायबिटिज लगायतका रोगमासमेत सक्रिय यौन जीवनले फाइदा पुग्छ ।

    प्रतिकृया दिनुहोस्