Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/३० गते
    ७९० पटक

    इलियाना डिक्रुज बलिउडकी सुन्दर अनुहार हुन् ।

    आफ्नो अभिनय क्षमताका कारण बलिउडदेखि दक्षिण भारतका चलचित्र उद्योगहरूमा समेत स्थापित डिक्रुजले हालै शिवानी दान्डेकरसँग टेलिभिजन च्याट शो द लभ, लाफ एण्ड लाइफमा यौन सम्बन्धका बारेमा खुलेर कुराकानी गरेकी छिन् । उक्त कुराकानीको संक्षिप्त अंश :

    • यौनसम्पर्क र प्रेमका बीच कस्तो सम्बन्ध हुन्छ  ?

    यौनसम्पर्कसँग प्रेमको कुनै भावनात्मक सम्बन्ध हुँदैन । प्रेममा यौनसम्पर्क हुन सक्छ तर यौनसम्पर्कमा प्रेम हुनै पर्छ भन्ने छैन ।

    • यौनसम्पर्कलाई कसरी लिनुहुन्छ  ?

    मलाई आवश्यक भएका बेला सम्पर्क राख्छु । म यसलाई रमाइलो कुरा मान्छु र एउटा नियमित क्रियाकलापकै रूपमै लिन्छु ।

    • भनेपछि दिनहुँ…….?

    मैले भन्न खोजेको कुरा, हरेक मानिसले यौनमा आनन्द लिनुपर्छ, तर, त्यसमा उनीहरूको भावना पनि जोडिएको हुनुपर्छ ।

    • तपाईंको विचारमा कतिबेलाको यौनसम्पर्क बढी आनन्ददायक हुन्छ ?

    जब तपाई कसैको प्रेममा हुनुहुन्छ, त्यतिबेलाको यौनसम्पर्क निकै आनन्ददायक हुन्छ । त्यतिबेला दुई शरीर होइन अपितु दुई आत्मा त्यसमा संलग्न हुन्छन् ।

    प्रतिकृया दिनुहोस्