Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२५ गते
    १५० पटक
    एजेन्सी ।

    विपरित लिंगीलाई आकर्षित गर्न चाहने यो स्वभाविक र प्राकृतिक प्रक्रिया हो । पुरुषले महिलालाई र महिलाले पुरुषलाई आकर्षित गर्न खोज्नुलाई सामान्य रुपमा लिनुपर्छ । धेरै पुरुषहरु महिलाका भावनालाई बुझ्न नसक्दा महिलालाई आफूप्रति आकर्षित गर्न चुकेका हुन्छन् ।

    महिलालाई सजिलै आकर्षित गर्न उनीहरुका स-साना कुरालाई ध्यान दिनु आवश्यक हुन्छ । महिलाहरु म्यासेज, फोन र उपहारका कारण आकर्षित हुने भएकाले उनीहरुको भावना अनुकुलका व्यवहार देखाउनु पर्छ ।

    चकलेट दिने, डेटिङमा प्राकृतिक स्थानको छनोट गर्ने र उनीहरुलाई आफू सुरक्षित भएको महसुस गराउनु पर्छ । त्यस्तै महिलासँग उनीहरुको कुरामा समर्थन गरिदिनु पर्छ । समस्यालाई तत्काल सम्बोधन गर्दा पनि महिलाहरु त्यस्ता व्यक्तिसँग आकर्षित हुन्छन् ।

    महिलाहरुले आफ्ना कुरा सुन्ने व्यक्ति मन पराउँछन् । कुनैपनि कुराको तत्काल रेस्पोन्स गर्ने अवस्थामा झन उनीहरुलाई आकर्षित गर्न सकिन्छ । जन्मदिन वा अन्य शुभ कार्यमा विशेष तरिकाले उपहार दिने वा अन्य केही कार्यक्रम गरिदिएमा महिला आकर्षित हुन्छन् ।

    महिलाहरुले आफ्नो सुन्दरताको प्रशंसा खोजिरहेका हुन्छन् । त्यसैले उनीहरुलाई खुसी पार्न खुलेरै प्रशंसा गर्नुपर्छ । नयाँ लुगा लगाउँदा पनि उनीहरुको प्रशंसामा विशेष ध्यान दिन जरुरी हुन्छ ।

    महिलाले भनेको ठाउँमा पुग्ने, संगै खाना खाने, रमाइलो गर्ने, सपनाका कुराहरु गर्ने, सुन्दर भविष्यको योजना सुनाउने गर्दा पनि महिलाहरु आकर्षित हुन्छन् । महिलाहरु पुरुषको तुलनामा खेलमा बढी रुची राख्ने हुन्छन् । त्यसैले खेल हेर्न पनि उनीहरुसँगै जानुपर्छ ।

    होच्चाएर तल देखाउनेगरी कहिल्यै पनि महिलालाई व्यवहार गर्नु हुँदैन । अश्लील र छाडा प्रकारका शब्दको प्रयोग तथा व्यवहारले उनीहरुलाई टाढा पुर्याउँछ । त्यसैले पुरुषहरुले जहिल्यै युवतीलाई सम्मानपूर्वक आफूप्रति आकर्षित गर्ने कुरामा ध्यान दिनुपर्छ ।

    प्रतिकृया दिनुहोस्