Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२५ गते
    १०१ पटक
    काठमाडौं ।

    बलात्कारबाट तुलसीपुरमा एक महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।

    आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् ।

    २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।

    ‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्,’ निमित्त प्रहरी प्रमुख पालले भने, ‘पछि पहिचान भएमा किटानी जाहेरी दिनेगरी निवेदन परेको छ ।’

    पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस्