Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२४ गते
    ३०१ पटक
    काठमाडौ

    मंगलबार साग खेलकुदको रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद्ले आपत्ति जनाएको छ।

    रंगशालामा प्रहरीले दर्शक कुटेको भिडियो खिचेपछि पत्रकार कुटिएका थिए।

    नेपाल र भुटानबीच हुने साग फुटबल फाइनल हेर्न जम्मा भएका दर्शमाथि प्रहरीले लाठी चार्ज गरेपछि नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंले प्रहरी ज्याददीको भिडियो खिचेका थिए।

    त्यसपछि प्रहरीले चापागाईँमाथि कुटपिट गरेको थियो। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

    यतिबेला उनको राखेप मेडिकलमा उपचार भइरहेको छ। राखेपका उपाध्यक्ष पितान्मबर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्यतथ्य अनुसन्धान हुने बताएका छन्।

    उनले सुरक्षा प्रमुख र राखेपका सदस्य सचिबबीच यसबारे थप छलफल हुने बताए।

    प्रतिकृया दिनुहोस्