Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२३ गते
    ११० पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा फेरी बिहान १० बजेदेखि प्रर्दशन सुरु भएको छ । अहिले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको अगुवाईमा बागेश्वरी क्याम्पस गेट अगाडि प्रदर्शन भइरहेको छ ।

    प्रर्दशनकारीहरुले कोहलपुर नेपालगञ्ज सडक खण्डमा सवारी साधन समेत अवरुद्ध पारेका छन् । आइतबार स्कुटरबाट खसेकी बालिकालाई ठक्कर किच्दा गम्भिर घाइते भएकी थिइन् ।

    सोही बिषयलाई लिएर आइतबार कोहलपुर तनावग्रस्त बनेको थियो । आन्दोलनको क्रममा प्रहरीले प्रर्दशनकारीमाथि बल प्रयोग गरेको भन्दै आज पनी नेविसंघले प्रर्दशन गर्न सुरु गरेको हो ।

    दुर्घटनाको विषयलाई लिएर उत्पन्न परिस्थितीलाई विश्लेषण गर्दै शान्ति सुरक्षा कायम गर्न दुर्घटना क्षेत्र वरपर दक्षिणमा पिपरी, उत्तरमा नौवस्ता जाने बाटो चौराहदेखि पाँच सय मिटर उत्तरसम्म, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको क्षेत्रलाई चारकिल्ला तोकि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    सो क्षेत्रभित्र नाराजुलुश, भेला गर्ने, गराउने, हुलहुज्जत गर्ने, सडक अवरोध गर्ने, सवारी तोडफोड, आगजनी, ढुङ्गामुढा जस्ता शान्ति सुरक्षामा नकरात्मक असर पार्ने उत्तेजित कार्य गर्न, नगराउनका लागि सर्वाजनिक सूचना समेत जारी गरिएकोछ ।

    यसैबीच, दुर्घटनापछिको अवस्थामा संयमता अपनाउन सबैलाई आग्रह गर्दै आज कोहलपुरका सवै शिक्षण सस्था बन्द गरिएको छ ।

    क्रिशा बाँकेका अध्यक्ष शिवप्रसाद डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दद्वारा जारी संयुक्त विज्ञप्तीमा कोहलपुर घटनाप्रति दुःखप्रकट गर्दै कोहलपुरका सवै शिक्षण सस्था बन्द गर्ने निर्णय गरिएको हो ।

    प्रतिकृया दिनुहोस्