Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२३ गते
    ८३३ पटक
    कोहलपुर ।

    आइतबार बाँकेको कोहलपुरमा प्रर्दशनकारी र प्रहरीबिच दिनभर जसो झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे ।

    प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो ।

    सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानैदेखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघले सरसफाई गरिरहेको हो ।

    प्रतिकृया दिनुहोस्