Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२१ गते
    ४७० पटक
    कोहलपुर

    बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा ३ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

    बाँके ट्राफिकका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका ३ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् ।

    दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

    दुर्घटना हुँदा अन्य दुई जना  घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । तिलकराम उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने गम्भिर घाइते भएकी मालतीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    एम्बुलेन्स छत्रेश्वरी गाउँपालिकाको रहेको छ ।

    प्रतिकृया दिनुहोस्