Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२० गते
    ३४६ पटक
    काठमाडौं ।

    राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व उपकप्तान मञ्जु गुरुङ बिहीबार वैवाहिक जिवनमा प्रवेश गरेकी छिन् । पोखराकी मञ्जुले हङकङ बसोबास गर्दै आएका हितकाजी गुरुङसँग विवाह गरेकी हुन् ।

    मञ्जु सन् २००६ को दसौं र २०१६ को १२ औं सागमा नेपाली भलिबल टोलीले कास्य पदक जित्दा महतवपूर्ण सदस्य थिइन् । देशमा जारी १३ औं सागका लागि प्रारम्भिक छनोटमा समेत उनी परिनन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्ड जितेकी मञ्जु पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्ट महिला खेलाडी पनि बनेकी थिइन् । पोखराको लुम्बिनी बैंकमा कार्यरत छिन् ।

    प्रतिकृया दिनुहोस्