Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१८ गते
    २५९ पटक
    नेपालगञ्ज ।

    बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज ‘अथक’ र क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना’ लाई यतीबेला आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गाउँ गाउँमा पुग्न भ्याइनभ्याई छ ।

    उपनिर्वाचनको समयमा संसद नभएकोले दुवै सांसदहरु निर्वाचन क्षेत्रका मतदाताहरुलाई भेटेर नै विकास निर्माणका बारेमा छलफल चलाइराखेका छन् ।

    सांसद अथक र नमुना कहिले बाँकेको बघौडा भनेर चिनिने नरैनापुरमा स्थानीय जनप्रतिनिधी र जनतासँग विकास निर्माणको बारेमा छलफल गर्न पुग्छन् ।

    अहिले सांसदहरुलाई जनताको घरदैलोमा पुग्न भ्याईनभ्याई छ ।अहिले सांसदहरुलाई जनताको घरदैलोमा पुग्न भ्याईनभ्याई छ ।

    प्रतिकृया दिनुहोस्