Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१८ गते
    ३०१ पटक

    काठमाडौं । प्रियंका कार्की नेपालकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले यी सुन्दरी चर्चामा आइरहन्छिन् । प्रियंकाले दर्जनौं म्युजिक भिडियो तथा फिल्ममा काम गरिसकेकी छिन् । पछिल्लो समय उनी वेब सिरिजमा व्यस्त छिन् ।

    यी सुन्दरी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । समाजिक सञ्जालमा विविन्न फोटो, भिडियोहरु प्रियंकाले शेयर गरिरहेकी हुन्छिन् ।

    प्रियंकाले अभिनेता आयुष्मानसँग इनगेजमेन्ट गरिसकेकी छिन् । उनीहरु सँगे बस्दै आएकी छिन् । आयुष्मानसँग जिन्दगी जिउन पाउँदा आफूलाई निकै खुशी लागेको उनी बताउँछिन् ।

    यसैबीच प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आयुष्मानसँगको तस्विर पोस्ट गर्दै आफूलाई मन पर्ने ६ कुराको बारेमा लेखेकी छिन् ।

    प्रियंकाले लेखेकी छन्, मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छः

    -तिम्रो हात समात्न ।

    -तिम्रो जोक्समा हाँस्न ।

    -तिमी सँगसँगै हिँड्न ।

    -सोफामा आरामले सँगै सुत्न ।

    -तिम्रो आँखामा हेर्न ।

    -तिम्रो ओठमा दैनिक चुम्बन गर्न ।

    आफ्नी प्रियसीको उक्त पोष्टमा आयुष्मानले प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘वाह ! आइ लभ यू’

     

    प्रतिकृया दिनुहोस्